Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

राप्रपाको केन्द्रीय समिति बैठकमा विवाद

राप्रपाको केन्द्रीय समिति बैठकमा विवाद

शुक्रबार, असार ५ २०८३
शुक्रबार, असार ५ २०८३
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक पार्टीभित्रको आन्तरिक विवादका बीच शुक्रबार सुरु भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा राजधानीमा सुरु भएको बैठकलाई पूर्वअध्यक्षसहितका ३ वरिष्ठ नेताहरूले बहिष्कार गरेका छन्।

    images

    बैठक बहिष्कार गर्नेहरूमा पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा रहेका छन्। उनीहरूसँगै उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, कार्यसम्पादन समिति सदस्य अर्जुन राई, हरिबहादुर बस्नेत,सहायक प्रवक्ता प्रवीण थोकर, सहायक महामन्त्री प्रेमबहादुर रैयार, सहायक महामन्त्री ऋषि देवकोटा, सह–महामन्त्री रीना गुरुङलगायतका केन्द्रीय सदस्यहरू बैठकमा अनुपस्थित रहेका छन्।

    बहिष्कारमा सहभागी नेताहरूले पार्टीको विधि र विधानविपरीत गैर–केन्द्रीय सदस्यहरूलाई बैठकमा सहभागी गराइएको भन्दै असन्तुष्टि जनाएका छन्। केन्द्रीय सदस्य जनकराज पाठकका अनुसार केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरू मात्र सहभागी हुनुपर्ने व्यवस्था रहे पनि हालैको निर्वाचनमा पराजित भएका तथा समिति बाहिरका व्यक्तिहरूलाई समेत उपस्थित गराउन खोजिएपछि आफूहरूले बैठक बहिष्कार गरेको बताएका छन्।

    असन्तुष्ट पक्षले पार्टीका निर्णय र गतिविधि विधानअनुसार सञ्चालन हुनुपर्ने माग गरेको छ।

    यता, वरिष्ठ नेताहरूको अनुपस्थितिकै बीच बैठक भने निर्धारित कार्यक्रमअनुसार सुरु भएको छ। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले असन्तुष्ट पक्षप्रति आपत्ति जनाएका छन्। उनले पार्टी छोड्ने वा असहयोग गर्ने प्रवृत्तिले संगठनलाई कमजोर बनाउने भन्दै केही नेताहरूले ‘नाटक’ गरिरहेको आरोप लगाएका छन् ।

    अध्यक्ष लिङ्देनले देशमा राजसंस्था पुनर्स्थापनाका पक्षमा वातावरण बन्दै गएको दाबी गर्दै त्यसलाई कमजोर पार्ने काम पार्टीभित्रकै असहयोगबाट भएको टिप्पणी गरेका हुन्।

    राप्रपाभित्र देखिएको पछिल्लो विवाद र ध्रुवीकरणले पार्टीको आगामी महाधिवेशन तथा भावी राजनीतिक रणनीतिमा प्रभाव पार्ने अनुमान गरिएको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij