Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

उपत्यकाका खोला किनारका बस्ती

'कंक्रिट र बाँधले पानी निकास हुन्न, बाढी त आउने नै भो नि'

'कंक्रिट र बाँधले पानी निकास हुन्न, बाढी त आउने नै भो नि'

आइतबार, वैशाख २८ २०८२
आइतबार, वैशाख २८ २०८२
  • काठमाडौं । टेकुस्थित बागमती किनारको बन्सीघाटमा एउटा सुकुम्बासी बस्ती छ । बागमतीमा बाढी आउँदा सबैभन्दा पहिले यही बस्ती डुबानमा पर्छ । अति जोखिमपूर्ण बस्तीमा लामो समयदेखि बन्सीघाटमा  मन्जु न्यौपाने आफ्नो परिवारसंग बस्छिन् । 

    images

    'श्रीमान् पठाओमा काम गर्छन् , छोरा दुवई गएका छन् कमाउन, तर हामी यहाँ ज्यान जोगाउँदै बसेका छौं', उनी भन्छिन् । उनको टहरा गत वर्षको बाढीले आधा भन्दा बढी भत्काएको थियो । दराज, भाँडाकुँडा सबै क्षतिग्रस्त भयो । यही टहरामा छोरीको विहे पनि भयो, यतिका वर्ष यतै बसिरहेकी उनी अहिले हरपल बाढीको त्रासमा बाँचिरहेकी छन् ।

    उनी खोलाको माटो व्यवस्थापन नहुँदा बाढीको जोखिम बढ्दै गएको बताउँछन् । पहिले जमिनले पानी सोस्थ्यो, अहिले कंक्रिट र बाँधले गर्दा पानी जाने ठाउँ छैन । खोलाबाट माटो झिकिए पनि त्यही किनारमै थुपारिन्छ, जसले बस्तीलाई झन् जोखिममा पार्छ, उनको दुखेसो छ । 

    गत असोजको बाढीपछि वडाबाट केही सहायता मिलेको भए पनि त्यो तत्कालीन राहतसम्म सीमित रह्यो । खाना त दिइयो, तर अब फेरि बाढी आयो भने हाम्रो टहरो त भत्किन्छ नै । अहिले त कागजपत्र जोगाउने चिन्ता बढी छ, उनी सुनाउँछिन् । नागरिकता, जन्म प्रमाणपत्र जस्ता कागजपत्र हराए भने फेरि बनाउन निकै सकस हुन्छ, खासगरी शहरमा ज्याला मजदुरी गर्दै जीवन चलाउने परिवारका लागि ।

    सरकारले नागार्जुनमा हामीलाई स्थानान्तरण गर्ने योजना बनाएको सुनिएको छ, तर त्यो व्यावहारिक छैन भन्ने उनलाई लाग्छ । जंगलको छेउमा राखेर फेरि काठमाडौंमा काम गर्न कसरी आउने ? बाटो टाढा, ठाउँ साँघुरो, सानो परिवार कसरी अटाउँछ ? उनको प्रश्न गम्भीर छ । 

    बर्षाको नामैले थरथराउँछ सुकुम्बासी बस्ती बर्षाको नामैले थरथराउँछ सुकुम्बासी बस्ती \

     

    बागमती किनारमा बसेका यस्ता थुप्रै परिवारहरूको आ आफ्नै समस्या छन् । उनीहरूलाई सुन्ने, बुझ्ने र व्यवहारिक विकल्प दिने जिम्मा अब राज्यले लिनुपर्छ ।

    पूर्वतयारी ढिला : क्षति भारी पूर्वतयारी ढिला : क्षति भारी

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij