Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

उपत्यकाका खोला किनारका बस्ती

'बागमतीसंगै बग्यो खरिदारको सान'

'बागमतीसंगै बग्यो खरिदारको सान'

'हुकुमवासीबाट सुकुम्वासी भएँ'

शुक्रबार, जेठ २ २०८२
शुक्रबार, जेठ २ २०८२

  • काठमाडौं । काठमाडौंको ज्ञानेश्वरमा आफ्नै घर हुँदाहुँदै सुकुम्वासी बस्तीमा बस्दै आएकी अम्बिका अर्याल । दुई दशकदेखि टेकुस्थित बागमती किनारको बन्सीघाट बस्तीमा उनी यतिबेला भाडा तिरेर बसेकी छिन् ।

    images

    घर हुँदाहुँदै सुकुम्वासी भएर बस्ने उनको रहर भने थिएन । आफू हुँदाहुँदै श्रीमानले अर्की श्रीमती ल्याएपछि बाध्य भएर दुई जना बच्चालाई बोकी उनी सुकुम्वासी बनेर बसिन् । हुन पनि हो, श्रीमानसंग उनी एक्लिएकी मात्रै थिइनन्, आर्थिक विपन्नको वर्गभित्र पनि पुगेकी थिइन् त्यतिबेला ।

    'न त पूर्वतयारी छ, न पूनःस्थापना' 'न त पूर्वतयारी छ, न पूनःस्थापना'  

    दोलखा चरिकोट माइती बताउने अम्बिकाको १४ वर्षको उमेरमा विवाह भएको थियो । रोचक कुरा के हो भने चरिकोटको सिंगटीमा रहेको खाद्यसंस्थानका खरिदार थिए उनका श्रीमान । १८ वर्ष नपुगी विवाह गरिएकै कारण बालविवाहको मुद्दा अम्बिकाकी आमाले खेप्नुपर्यो । विवाहको ३ महिनामै अम्बिकाको कानूनी रुपमा पारपाचुके पनि भयो । फेरि माइतीमै ५ वर्ष बिताइन् । तर उनलाई खरिदारको सम्बन्धमा यत्ति धेरै आकर्षण सिर्जना भयो कि उनले पारपाकुचे भइसकेका खरिदारसंग परिवारलाई जानकारी नदिइकनै विवाह गरिन् । 


    भर्खरै युवावस्थामा पुगेकी अम्बिकालाई खरिदारकी श्रीमती भनेर कहलिने पद र पैसाको सान खुबै थियो । दिनहरु रमाइला थिए, वैवाहिक जीवनमा उनी धेरै खुसी थिइन् । अम्बिकाको छ जना छोराछोरी पनि भए । उनी भन्छिन्, शिक्षाको अभावले गर्दा छ जना बच्चामध्ये दुई जनालाई मात्रै बचाउन सकेँ । सन्तानको वियोगबाट बाहिर निस्कँदै थिइन् कतिबेला घरकलेशले डेरा जमाएको उनलाई पत्तै भएन् । कारण थियो, श्रीमानको दोश्रो विवाह । 


    उनले आफूबाट खोसिएको अर्धागिंनीको अधिकार अरुलाई बाँड्न सकिनन् र अन्ततः श्रीमानसंग छोडपत्र गरिन् । उनी त्यो क्षण सम्झिँदै भन्छिन्, मलाई कति लाज भयो होला त्यत्तिबेला, खरिदारको श्रीमती हुँ भन्ने सान थियो, अहिले सुकुम्वासी बस्तीमा बस्नु परेको छ । मेरो लेखान्त नै यही रहेछ ।सन्तानसंगको वियोगपछि श्रीमानबाट पनि एक्लिनुलाई दुर्भाग्य नाम दिन्छिन् । उनी भन्छिन्, बहिनीहरुको साथ र सहयोग नरहेको भए यो धर्तीमा जिवित रहने थिइन् ।

    यतिबेला उनी व्यक्तिगत पिडा लुकाइ सुकुम्वासीको मुद्दामा आवाज उठाइरहेकी छिन् । उनी सामू ठोक्किने विवाह दर्ता, जन्मदर्ता, अंश मुद्दामा सहजीकरण गर्छिन्, अनि बस्तीमा सुकुम्वासीको मुद्दामामिलामा अगुवाई गर्छिन् । परिस्थिती जे सुकै भएपछि जीवनलाई जिउन सिक्नुपर्ने सन्देश उनले फिजाएकी छिन् । 

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij