काठमाडौं । मनसुनजन्य विपद् रोक्नका लागि तत्काल अग्लो ठाउँको पहिचान गर्न ढिलो भइसकेको छ ।
भक्सपप नेपालसंग कुराकानी गर्दै काठमाडौं महानगरपालिका वडा नं ११ स्थित संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका महासचिव अर्जुन कुँवरले तत्काल हामीलाई अग्लो स्थानको पहिचान गरी त्यहाँ बस्ने वातावरण मिलाउनु पर्ने बताए । मनसुनमा आउन सक्ने बाढीका बारेमा कुराकानी गर्दै उनले राज्य कहाँ अलमलिएको छ र राज्यलाई सुकुम्बासीको समस्या समाधान गर्ने इच्छा नै छैन भन्ने महसुस हुँदै गएको बताए ।
'बागमतीसंगै बग्यो खरिदारको सान'
'बाढीको पूर्वतयारी शून्य सरह छ, त्यसैले जिम्मेवार निकाय जिम्मेवार भएन', उनले भने । बागमतीमा बाढी आएपछि सुकुम्वासी बस्तीमा क्षति नपुगोस भन्नका लागि तत्काल बागमतीबाट ६ फिट माटो झिकेर सडकको लेभल भन्दा धेरै तल बग्ने व्यवस्था मिलाउनु जरुरी रहेकोको उनको जोड थियो । थप कुराकानी सुनेर हामीलाई अवश्य प्रतिक्रिया दिनुहोला ।


