Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

फोहरभित्र राजनीति

'डिस्टर्भ गर्दा सार्वजनिक मुद्दा लाग्यो'

'डिस्टर्भ गर्दा सार्वजनिक मुद्दा लाग्यो'

'आफ्नै ठाउँबाट जबर्जस्ती विस्थापित हुनुपरेको छ । '

बुधबार, जेठ १४ २०८२
बुधबार, जेठ १४ २०८२
  • काठमाडौं । अव्यवस्थित रुपमा फोहर व्यवस्थापन गरी स्थानीय बासिन्दाविरुद्ध राज्यले अपराध गरेको नुवाकोट ककनीका बासिन्दाले आरोप लगाएका छन् ।

    images


    राजधानीबाट जैविक र अजैविक फोहर छुट्याएर नुवाकोट ककनीस्थित ल्याण्डफिल साइटमा विसर्जन गर्ने हो भने समस्या कहीँ नभएको उनीहरु बताउँछन् । नुवाकोट ककनी वडा नं २ का वडाध्यक्ष कृष्ण घिमिरेले भने, 'ल्याण्डफिल साइटको उचित उपयोग नहुनु भनेको हामी विरुद्धको अन्याय नै हो । यहाँका स्थानीयले यत्तिको सहनु भनेकै हामीमाथि अपराध भएको छ । हामी जबर्जस्ती विस्थापित हुनुपरेको छ । विकल्पविहीनहरु मात्रै यहाँ बसेका छन् । '

    'न्याय खोज्दै राजधानी नजिकैको जिल्ला' 'न्याय खोज्दै राजधानी नजिकैको जिल्ला'


    स्थानीय तहको उपनिर्वाचनबाट जितेर आएका घिमिरेका अनुसार प्रत्येक महिना एक जनाको हिसाबले क्यान्सरबाट पिडित व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक छ । 'फोहोर बोकेवापत हामीले केही पनि पाएकै छैनौं । रोजगारीको क्षेत्रमा आंशिक काम भए । तर विकासको नाममा, स्वास्थ्यको क्षेत्रमा भएका कामहरु शून्य नै छन् । अलि बढी धरपकड भयो भने हामीविरुद्ध सार्वजनिक मुद्दा लाग्छ । हामीलाई अब भने न्याय चाहिन्छ', उनले भने । थप सुनौं वडाध्यक्ष घिमिरेकै आवाजमा ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij