Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

फोहरभित्र राजनीति

'न्यायिक लडाईं लड्न अदालत जानुस्'

'न्यायिक लडाईं लड्न अदालत जानुस्'

'जबर्जस्ती विस्थापित गराइनु, जबर्जस्ती विद्यालय छोड्न बाध्य पार्नु भनेको नीतिकै दोष हो ।'

बिहीबार , जेठ १५ २०८२
बिहीबार , जेठ १५ २०८२
  • काठमाडौं । नुवाकोट ककनीमा ल्याण्डफिल साइटकै कारण बालबालिकाहरुलाई शारिरीक र मानसिक असर परिरहेको छ । गन्धका कारण बालबालिकामा शारिरीक, मानसिक र बौद्धिक असरहरु देखिएका छन् । जसका कारण उनीहरुको भविष्य नै जोखिममा रहेको बालअधिकारकर्मी तथा अधिवक्ता विष्णु खत्री बताउँछन् । 

    images


    भक्सपप नेपालको प्रस्तुती कार्यक्रम 'अधिकार (संगै कर्तव्य)'मा बोल्दै उनले राज्यले फोहर व्यवस्थापनको नीति र योजना बनाउँदा दीर्घकालीन असरबारे विचार नगर्दाको परिणाम भएको जनाउँदै भविष्यमा कैयौं पुस्ता दुर्गन्धको असरको जोखिममा पर्ने बताए ।

    'डिस्टर्भ गर्दा सार्वजनिक मुद्दा लाग्यो' 'डिस्टर्भ गर्दा सार्वजनिक मुद्दा लाग्यो'

    उनले भने, 'हामीले नीति बनाउँदा तत्कालको समाधान मात्रै खोज्यौं । एक स्थानको समाधान खोज्दा अर्को स्थानमा के असर पर्दछ भन्ने खोजेनौ । ककनीबासीमा दुर्गन्धका कारण यतिबेला जबर्जस्ती विस्थापित गराइनु, जबर्जस्ती विद्यालय छोड्न बाध्य पार्नु भनेको नीतिकै दोष हो ।'


    योजना बनाउँदा भएका गल्तीको परिणाम भोग्न बाध्य ककनीका बालबालिकाको अधिकार खोसिएको सवालमा उनीहरुले न्यायिक लडाईं लड्न सक्छन् । न्यायका लागि उनीहरु मात्रै होइन् उनीहरुका लागि अरुले पनि अदालत जान पाउने अधिकार छ । त्यसकारण ढिलो नगरी न्यायको ढोका ढकढक्याउनु पर्नेतर्फ उनको जोड छ । 


    थप सुनौं, अधिकारकर्मी विष्णु खत्रीसंग कार्यक्रम 'अधिकार' मा गरिएको यो कुराकानीमा । 


     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij