काठमाडौं । काठमाडौं उपत्यकाबाट उत्पादन हुने फोहोर व्यवस्थापनको एक मात्रै विसर्जन स्थल हो, बञ्चरेडाँडा ल्याण्डफिल साइट । यो ल्याण्डफिल साइट , काठमाडौंसंग जोडिएको नुवाकोट जिल्ला ककनी गाविसमा रहेको छ । धेरै वर्षदेखि फोहोर व्यवस्थापन गरेवापत त्यहाँका स्थानीय कुनै कोणबाट लाभान्वित भएका छैनन् । उनीहरुका जग्गा अधिग्रहण भए, त्यहाँ फोहोर फालियो तर फोहोरकै कारण उत्पन्न दुर्गन्ध र दुर्गन्धका कारण वातावरण र स्थानीयको स्वास्थ्य जोखिममा परेको तर्फ सरोकारवाला निकाय मौन छन् ।
'दलभन्दा माथि उठेर विकासमा लागौं'
एउटै मात्र ल्याण्डफिल साइटमा भर परेको नेपालमा फोहोर व्यवस्थापनका लागि कुनै दीर्घकालीन योजना र रणनीति छैन् । यसतर्फ न त महानगरपालिकाले कुनै कार्ययोजना अघि सारेको छ न त मन्त्रालयसंग दीर्घकालीन रणनीति नै छ । कैयौ बैठक बसे, तर त्यसमा ठोस छलफल र निर्णय नहुँदा फोहोर व्यवस्थापन, त्यससंग जोडिने स्वास्थ्य, वातावरण, शिक्षा र स्थानीय विकासका सवाल ओझेल परे । आज फोहोर व्यवस्थापनका दीर्घकालीन समाधानका बारेमा भक्सपप डबलीमा प्रतिनिधिसभा सदस्य जितेका हित बहादुर तामाङ, ललितपुर महानगरपालिकाका वातावरणीय इन्जिनियर प्रदिप अमात्य, वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टिकाराम दाहालसंग गरिएको कुराकानी हेरौं ।


